५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री साह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने कार्यक्रम (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यु–१६ महिला च्याम्पियनसिप: नेपालको खराब शुरुवात



अ+ अ-

काठमाडौँ । नेपालले शनिवार बंगलादेशसँग २–० को हारसँगै घरेलु मैदानमा शुरु साफ यु–१६ महिला च्याम्पियनसिपको शुरुवात गरेको छ ।

चार राष्ट्रको प्रतिष्पर्धा रहेको साफ यु–१६ नेपालमा शुक्रवारदेखि शुरु भएको छ । उक्त प्रतियोगिताको दोस्रो खेलमा नेपाल शनिवार बंगलादेशसँग सहज हार स्वीकार्न बाध्य भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बंगलादेशकी सौरबी प्रीतिले दुई गोल गरिन् । बंगलादेशले पहिलो हाफमा नै दुई गोल गर्दै घरेलु टोलीलाई दबाबमा राख्यो । तर दोस्रो हाफमा भने दुवै तर्पmबाट गोल हुन सकेन । खेलको २४औं मिनेटमा प्रीतिले गोल गर्दै अग्रता दिलाइन् । पेनाल्टी बक्समा प्राप्त बललाई उनले नेपालका दुई डिफेन्डरलाई छक्याउँदै गोल गरेका हुन् ।

त्यसको पाँच मिनेटपछि नै बंगलादेशले पेनाल्टीमार्पmत अर्को गोल थप्यो । नेपालकी गोलकिपर झर्ना दुम्राकोटीलाई अल्पी अक्तरलाई लडाएपछि बंगलादेशले पेनाल्टी पायो । सो अवसर सदुपयोग गर्दै प्रीतिले बंगलादेशको अग्रता दोब्बर बनाइन् । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र घरेलु टोली २–० ले पछाडि पर्‍यो । दोस्रो हाफमा दुवै तर्पmबाट प्रयास भएपनि गोल हुन सकेन र नेपालले हारबाट च्याम्पियनसिपको शुरुवात गर्‍यो । जितसँगै बंगलादेशले पहिलो खेलबाट तीन अंक जोड्यो । समान खेलबाट भारतको पनि तीन अंक नै छ । भारतले पहिलो खेलमा भूटानमाथि ७–० को रबाफिलो जित निकालेको थियो ।