• ५ भाद्र २०८१, बुधबार
  •      Wed Aug 21 2024
  •   Unicode
Logo
Latest
★   एमसिसी कार्यान्वयनको एक वर्ष, अपेक्षाकृत उपलब्धि ★   परराष्ट्रमन्त्री राणा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता ★   जिप दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो ★   ‘कानुन बनाउँदा मानवीय पक्षलाई बढी ध्यान दिनुपर्छ’ ★   एमसिसि नेपालद्वारा वार्षिक कार्यप्रगति विवरण सार्वजनिक, उल्लेख्य प्रगति भएको दाबी ★   रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र ★   ‘थामेमा हिमताल फुटेर बाढी आउनुको मुख्य कारण तापक्रम वृद्धि’ ★   प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन सभामुखको ध्यानाकर्षण ★   दशौँ राष्ट्रिय खेलकुद समयमै हुनेछः मन्त्री चौधरी ★   साफ च्यापियनसिप फुटबल: भुटानले माल्दिभ्सलाई हरायो

साफ यु–१६ महिला च्याम्पियनसिप: नेपालको खराब शुरुवात



काठमाडौँ । नेपालले शनिवार बंगलादेशसँग २–० को हारसँगै घरेलु मैदानमा शुरु साफ यु–१६ महिला च्याम्पियनसिपको शुरुवात गरेको छ ।

चार राष्ट्रको प्रतिष्पर्धा रहेको साफ यु–१६ नेपालमा शुक्रवारदेखि शुरु भएको छ । उक्त प्रतियोगिताको दोस्रो खेलमा नेपाल शनिवार बंगलादेशसँग सहज हार स्वीकार्न बाध्य भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बंगलादेशकी सौरबी प्रीतिले दुई गोल गरिन् । बंगलादेशले पहिलो हाफमा नै दुई गोल गर्दै घरेलु टोलीलाई दबाबमा राख्यो । तर दोस्रो हाफमा भने दुवै तर्पmबाट गोल हुन सकेन । खेलको २४औं मिनेटमा प्रीतिले गोल गर्दै अग्रता दिलाइन् । पेनाल्टी बक्समा प्राप्त बललाई उनले नेपालका दुई डिफेन्डरलाई छक्याउँदै गोल गरेका हुन् ।

त्यसको पाँच मिनेटपछि नै बंगलादेशले पेनाल्टीमार्पmत अर्को गोल थप्यो । नेपालकी गोलकिपर झर्ना दुम्राकोटीलाई अल्पी अक्तरलाई लडाएपछि बंगलादेशले पेनाल्टी पायो । सो अवसर सदुपयोग गर्दै प्रीतिले बंगलादेशको अग्रता दोब्बर बनाइन् । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र घरेलु टोली २–० ले पछाडि पर्‍यो । दोस्रो हाफमा दुवै तर्पmबाट प्रयास भएपनि गोल हुन सकेन र नेपालले हारबाट च्याम्पियनसिपको शुरुवात गर्‍यो । जितसँगै बंगलादेशले पहिलो खेलबाट तीन अंक जोड्यो । समान खेलबाट भारतको पनि तीन अंक नै छ । भारतले पहिलो खेलमा भूटानमाथि ७–० को रबाफिलो जित निकालेको थियो ।