२७ श्रावण २०८३, बुधबार
,
Latest
राखेप बोर्डमा पूर्वखेलाडीको वर्चश्व कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछः मन्त्री चौधरी काठमाडौंमा फोटोग्राफी तथा भिडियोग्राफी सिक्नको लागि ‘ग्लोबल करियर एकेडेमी’ सञ्चालनमा बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा, ४९८ वर्गकिलोमिटर क्षेत्र समेटियो गण्डकीका १६ कानुनी तथा प्रशासनिक गाँठो फुकाउन सङ्घको ध्यानाकर्षण गराइने स्याङ्जाको चापाकोटमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते जबरजस्ती करणीको आरोपमा स्याङ्जामा २१ वर्षीय युवक पक्राउ भोजपुरमा रु. ९ करोड ८८ लाखको कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने जलवायु कार्यमा युवाको सक्रियता, काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ हुँदै भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो ‘गथांमुगः चःह्रे’ पर्व (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

खराब प्रदर्शनमा पनि प्रशिक्षक मोन्टीबाट साथ मिल्यो– प्रतिश जिसी



अ+ अ-

काठमाडौँ । नेदरल्याण्ड्ससँगको जितपछि नेपालका प्रतिश जिसीले आफ्नो खराब प्रदर्शनको अवस्थामा पनि प्रशिक्षक मोन्टी देसाई र टिमले आफूलाई विश्वास गरेको प्रतिक्रिया दिनुभएको छ ।

शनिवार प्रतिशले नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा एक मेडनसहित तीन विकेट लिँदा १३ रन मात्र खर्चिए । उनको यो प्रदर्शन म्यान अफ दी म्याचका लागि योग्य बन्यो । त्यो खेलपछिको पत्रकार सम्मेलनमा प्रतिशले गत बुधबार नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित हुँदाको क्षण स्मरण गर्नुभयो । अन्तिम दुई बलमा तीन रन आवश्यक हुँदा प्रतिशले एक रन मात्र बनाउन सकेपछि नेपालले साँघुरो हार सामना गर्नुपरेको थियो । आफूमा ब्याटिङ गर्ने क्षमता हुँदा पनि असफल भएको उल्लेख गर्दै प्रतिशले त्यस्तो अवस्थामा प्रशिक्षक मोन्टीबाट साथ मिलेको बताउनु भयो ।

खराब प्रदर्शनको अवस्थामा टिमले आफूलाई बेन्चमा नै सीमित गरेको भए आफ्नो मनोबल पनि खस्कँदै जाने अवस्था हुने उहाँको भनाइ छ । आज आफ्नो योजनाअनुरूप बलिङ गर्नसक्दा सफलता मिलेको प्रतिशको धारणा छ । उनीसँगै नेपाली बलरको उत्कृष्ट प्रदर्शनमा घरेलु टोलीले नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकाल्यो । नेपालका अलराउण्डर गुल्सन झाले खेलाडीको करियरमा कहिले काहीँ प्रदर्शन तलमाथि हुने उल्लेख गर्दै त्यस्तो अवस्थामा आफ्ना सिनियरबाट हौसला मिल्ने गरेको बताउनु भयो ।