६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौंमा फोटोग्राफी तथा भिडियोग्राफी सिक्नको लागि ‘ग्लोबल करियर एकेडेमी’ सञ्चालनमा

काठमाडौंमा फोटोग्राफी तथा भिडियोग्राफी सिक्नको लागि ‘ग्लोबल करियर एकेडेमी’ सञ्चालनमा
अ+ अ-

काठमाडौं । रोजगारमुखी तथा व्यावसायिक सीप विकासमार्फत दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौंको कमलादीमा ग्लोबल करियर एकेडेमी सञ्चालनमा आएको छ ।

एकेडेमीकी अध्यक्ष रेजीना तुलाधरले युवायुवतीलाई व्यावहारिक सीप, व्यक्तित्व विकास तथा रोजगारीसँग जोड्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको बताइन् । उनका अनुसार एकेडेमीले छोटो अवधिदेखि तीन महिनासम्मका विभिन्न व्यावसायिक तालिम सञ्चालन गर्नेछ । “वर्तमान श्रम बजारमा प्रमाणपत्रभन्दा व्यावहारिक सीपको आवश्यकता बढ्दै गएको छ,“ उनले भनिन्, “त्यसैले गुणस्तरीय प्रशिक्षणमार्फत दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएका छौं ।

एकेडेमीले सूचना प्रविधि, सञ्चार, पत्रकारिता, मिडिया, भाषा, व्यवस्थापन, पर्यटन, आतिथ्य, स्वास्थ्य, रिसेप्सनीट तालिम, एयर होस्टेज तथा क्याबिन क्रु, उद्यमशीलता, फोटोग्राफी, भिडियोग्राफी, ड्रोन सञ्चालन, ग्राफिक डिजाइन,मेकअप कक्षा,होटल व्यवस्थापन सिप, डिजिटल कन्टेन्ट उत्पादन, इभेन्ट व्यवस्थापन, फेसन तथा मोडलिङलगायत क्षेत्रमा तालिम सञ्चालन गर्ने जनाएको छ ।

फोटोग्राफी तथा भिडियोग्राफी विषयमा वरिष्ठ फोटोपत्रकार तथा प्रशिक्षक सुनील सी. वज्राचार्य, राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त, नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष डिगम्बर राजवंशी, फोटोग्राफर अजय लेन्सम्यान तथा सिनेमाटोग्राफर प्रेम थापाले प्रशिक्षण दिनेछन् । त्यसैगरी व्यक्तित्व विकास तथा मोडलिङमा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन साक्य र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम सूचना प्रविधि विज्ञ, लेखक तथा पत्रकार अजय शर्माले सञ्चालन गर्ने जनाइएको छ ।

एकेडेमीका निर्देशक सागर श्रेष्ठका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको आवश्यकतालाई ध्यानमा राखेर पाठ्यक्रम तयार गरिएको छ । उद्योग, व्यवसाय तथा सरकारी एवं गैरसरकारी निकायसँग सहकार्य गरी प्रशिक्षार्थीलाई इन्टर्नशिप, रोजगारी र स्वरोजगारका अवसरसँग जोड्ने योजना रहेको उनले बताए ।

उनले आर्थिक रूपमा विपन्न, महिला, युवा तथा पछाडि परेका समुदायका लागि विशेष सीप विकास कार्यक्रम सञ्चालन गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्रमूलक तालिमका लागि आवश्यक साझेदारीसमेत गरिने जानकारी दिए ।

प्रशिक्षक तथा कार्यक्रम निर्देशक रोजिन साक्यले सीप, दक्षता र रोजगारीलाई एउटै मञ्चमा जोड्ने अवधारणासहित सञ्चालनमा आएको एकेडेमीले नेपालको श्रम बजारका लागि दक्ष, प्रतिस्पर्धी र जिम्मेवार जनशक्ति उत्पादनमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।