२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खराब प्रदर्शनमा पनि प्रशिक्षक मोन्टीबाट साथ मिल्यो– प्रतिश जिसी



अ+ अ-

काठमाडौँ । नेदरल्याण्ड्ससँगको जितपछि नेपालका प्रतिश जिसीले आफ्नो खराब प्रदर्शनको अवस्थामा पनि प्रशिक्षक मोन्टी देसाई र टिमले आफूलाई विश्वास गरेको प्रतिक्रिया दिनुभएको छ ।

शनिवार प्रतिशले नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा एक मेडनसहित तीन विकेट लिँदा १३ रन मात्र खर्चिए । उनको यो प्रदर्शन म्यान अफ दी म्याचका लागि योग्य बन्यो । त्यो खेलपछिको पत्रकार सम्मेलनमा प्रतिशले गत बुधबार नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित हुँदाको क्षण स्मरण गर्नुभयो । अन्तिम दुई बलमा तीन रन आवश्यक हुँदा प्रतिशले एक रन मात्र बनाउन सकेपछि नेपालले साँघुरो हार सामना गर्नुपरेको थियो । आफूमा ब्याटिङ गर्ने क्षमता हुँदा पनि असफल भएको उल्लेख गर्दै प्रतिशले त्यस्तो अवस्थामा प्रशिक्षक मोन्टीबाट साथ मिलेको बताउनु भयो ।

खराब प्रदर्शनको अवस्थामा टिमले आफूलाई बेन्चमा नै सीमित गरेको भए आफ्नो मनोबल पनि खस्कँदै जाने अवस्था हुने उहाँको भनाइ छ । आज आफ्नो योजनाअनुरूप बलिङ गर्नसक्दा सफलता मिलेको प्रतिशको धारणा छ । उनीसँगै नेपाली बलरको उत्कृष्ट प्रदर्शनमा घरेलु टोलीले नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकाल्यो । नेपालका अलराउण्डर गुल्सन झाले खेलाडीको करियरमा कहिले काहीँ प्रदर्शन तलमाथि हुने उल्लेख गर्दै त्यस्तो अवस्थामा आफ्ना सिनियरबाट हौसला मिल्ने गरेको बताउनु भयो ।