६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा, ४९८ वर्गकिलोमिटर क्षेत्र समेटियो

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा, ४९८ वर्गकिलोमिटर क्षेत्र समेटियो
अ+ अ-

काठमाडाैँ । बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ घोषणा गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले दुई जिल्लाका महत्वपूर्ण वन तथा प्राकृतिक क्षेत्रलाई एउटै संरक्षण भूगोलमा समेट्दै संरक्षण क्षेत्र घोषणा गरेको हो।

धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश मन्त्रिपरिषद्को साउन १९ गतेको निर्णयअनुसार संरक्षण क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा २६ (१) बमोजिम संरक्षण क्षेत्र घोषणा गरिएको हो।

“दुई जिल्लाका महत्त्वपूर्ण वन तथा प्राकृतिक क्षेत्रलाई एउटै संरक्षण क्षेत्रका रूपमा विकसित गर्ने उद्देश्यले सरकारले निर्णय गरिसकेको छ,” मुख्यमन्त्री शाहले भन्नुभयो। उहाँले बडीमालिका र रामारोशन क्षेत्रको प्राकृतिक सम्पदा, जैविक विविधता तथा वन संरक्षणलाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

घोषित संरक्षण क्षेत्रमा बाजुराको बडीमालिका नगरपालिका–५, ६, ७ र ८ तथा त्रिवेणी नगरपालिका–५, ६, ७ र ९ का क्षेत्र समेटिएका छन्। यस्तै, अछामको मेल्लेख गाउँपालिका–१ र २ तथा रामारोशन गाउँपालिका–४, ५ र ६ का क्षेत्र समेटिएका छन्। यी क्षेत्र गरी कुल ४९८ दशमलव ४ वर्गकिलोमिटर भूभाग वन संरक्षण क्षेत्रमा समावेश गरिएको छ।

बडीमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र हो भने रामारोशन प्राकृतिक सौन्दर्य, ताल तथा जैविक विविधताका कारण परिचित छ। दुई क्षेत्रलाई एउटै संरक्षण क्षेत्रमा समेटिएपछि वन तथा प्राकृतिक स्रोतको संरक्षणसँगै पर्यावरणीय पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने प्रदेश सरकारको विश्वास छ।

प्रदेश सरकारले संरक्षण क्षेत्रभित्र रहेका वन, वन्यजन्तु, जैविक विविधता तथा प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापनसँगै स्थानीय समुदायको सहभागितालाई प्राथमिकता दिने जनाएको छ। दुई जिल्लाका स्थानीय तहबीच संरक्षण तथा पर्यटन विकासमा सहकार्य बढाउनसमेत यो घोषणाले आधार तयार गर्ने अपेक्षा गरिएको छ।