• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर

विवाह बन्धनमा बाधिईन् नन्दिता केसी- तस्बिरहरु



काठमाडौँ । अभिनेत्री नन्दिता केसी विवाह बन्धनमा बाधिएकी छिन् । शनिवार एक समारोहकाबिच नन्दिताले कार्डियोलोजिस्ट डा अरविन्द्र कटवालसँग लगनगाँठो कसेकी हुन् ।

काठमाडौँको एक होलटमा भएको विवाह समारोहमा दुवैतर्फका साथीभाइ, आफन्तलगायतको उपस्थिती रहेको थियो ।

विवाह अगाडि बिहीबार नन्दिताकोे मेहन्दी सेरोमनी आयोजना गरिएको थियो । रानीवनस्थित रेसुभिल्ला रिसोर्टमा आयोजित मेहन्दी सेरोमनीमा अभिनेत्री श्वेता खड्का, रीमा विश्वकर्मा, निर्देशक रेनेशा बान्तवा राई, गायिका रेखा शाहलगायत सेलिब्रेटी, उनका नजिकका आफन्त र रंग पत्रकारको उपस्थिति थियो ।

केहि दिन अघि मात्र नन्दिताले सामाजिक सञ्जालमार्फत आफ्नो जीवनको नयाँ यात्राको सुरुवात बारे जानकारी गराएकी थिईन् ।

नन्दिताले ‘इन्द्रेणी’, ‘कैफियत’, ‘बाटोमुनिको फूल’, ‘हामी तीन भाई’, ‘युगदेखि युगसम्म’, ‘निशाना’, ‘जंगबहादुरको कोट’, ‘सपना’, ‘मृगतृष्णा’ लगायतका फिल्ममा काम गरेकी छिन् ।

तस्बिर: टौवा ईभेन्टस्