• ५ भाद्र २०८१, बुधबार
  •      Wed Aug 21 2024
  •   Unicode
Logo
Latest
★   समाजलाई तर्साउन प्रेस कार्डको दुरुपयोग नगरौं: अध्यक्ष बस्नेत ★   धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीन हुँदैनः अर्थमन्त्री पौडेल ★   जलविद्युतमार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्छः अर्थमन्त्री पौडेल ★   परराष्ट्रमन्त्री राणा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता ★   जिप दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो ★   ‘कानुन बनाउँदा मानवीय पक्षलाई बढी ध्यान दिनुपर्छ’ ★   एमसिसि नेपालद्वारा वार्षिक कार्यप्रगति विवरण सार्वजनिक, उल्लेख्य प्रगति भएको दाबी ★   रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र ★   ‘थामेमा हिमताल फुटेर बाढी आउनुको मुख्य कारण तापक्रम वृद्धि’ ★   प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन सभामुखको ध्यानाकर्षण

दाङ क्रिकेट लिग–२ः तुलसीपुर रोयल्स र दङ्गाली लायन्स उपाधिका लागि भिड्ने



घोराही । तुलसीपुर रोयल्स र दङ्गाली लायन्स दाङको घोराहीमा जारी ‘दाङ क्रिकेट लिग–२’ को उपाधिका लागि भिड्ने भएका छन् । फाइनल खेल शनिबार घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा हुने छ ।

दाङ क्रिकेट सङ्घको आयोजनामा यही फागुन १४ गतेदेखि सुरु भएको लिग चरणको अन्तिम खेलमा आज तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई तथा दङ्गाली लायन्सले देउखुरी वारियर्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।

तुलसीपुर रोयल्स लिग चरणका चारवटै खेलमा अपराजित रहँदै आठ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै दङ्गाली लायन्स चार खेलमा तीनमा जित तथा एउटामा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा सहभागी घोराही टाइगर्स चार अङ्कसहित तेस्रो, पुरन्धारा च्यालेन्जर्स दुई अङ्कसहित चौथो तथा लिग चरणमा जितबिहीन रहेको देउखुरी वारियर्स अङ्क तालिकाको पुछारमा रहेको छ ।

आज भएको पहिलो खेलमा दङ्गाली लायन्सले देउखुरी वारियर्सलाई ६ विकेटले हराएको हो । देउखुरीले दिएको एक सय २६ रनको लक्ष्य दङ्गालीले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । यस अघि टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रन बनाएको थियो ।

यसैगरी आजै भएको लिग चरणको अन्तिम खेलमा तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई ४१ रनले पराजित ग¥यो । घोराहीले एक सय ५१ रनको लक्ष्य पाए पनि २० ओभरमा नौ विकेटको क्षतिमा एक सय नौ रन मात्र बनायो । यस अघि टस हारेर ब्याटिङको निम्तोे पाएको तुलसीपुर रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५० रन बनाएको थियो । रासस