५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री साह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने कार्यक्रम (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यु–१६ महिला च्याम्पियनसिपः भारतले भुटानलाई ७–० गोलले हरायो



अ+ अ-

काठमाडौँ । अनुष्का कुमारीको ह्याट्रिक प्रेरणामा भारतले शुक्रवार भुटानमाथि ७–० को रबाफिलो जित निकाल्दै साफ यु–१६ महिला च्याम्पियनसिपको शुरुवात गरेको छ ।

चार राष्ट्रको प्रतिष्पर्धा रहेको साफ यु–१६ नेपालमा शुक्रवारदेखि शुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारतले दक्षिण एशियाली फुटबलको कमजोर टोली भूटानमाथि गोल वर्षा गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारतका लागि अनुष्काले ह्याट्रिक पूरा गर्दै पर्ल फर्नान्डेजले दुई गोल गरिन् । कप्तान श्वेता रानी र अन्विता रघुरमनले समान एक गोल थपे । भारतले पहिलो हाफमा नै ६ गोल गर्दै भूटानमाथि पूर्ण रूपमा हाबी भयो । तर दोस्रो हाफमा भने भूटानले एक गोल मात्र बेहोर्यो ।

कप्तान रानीले खेलको छैटौं मिनेटमा नै गोल गर्दै अग्रता दिलाइन् । पर्लले १३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसको चार मिनेटपछि नै अनुष्काले गोल गरिन् । पर्लले २६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि भारत ४–० ले अगाडि रह्यो । एक मिनेट पनि नबित्दै अनुष्काले अर्को गोल थपिन् । उनले ४०औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरिन् र पहिलो हाफमा भारत ६–० ले अगाडि रह्यो । दोस्रो हाफको ६१ औं मिनेटमा अन्विताले गोल गरेपछि भारतले ७–० को अग्रता बनायो ।

त्यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र भुटानले हार व्यहो¥यो । जितसँगै भारतले तीन अंक जोडेको छ । भारतले आफ्नो दोस्रो खेलमा मंगलवार बंगलादेशको सामना गर्नेछ । नेपालले शनिवार बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । खेल दिनको तीन बजे एन्फा कम्प्लेक्समा शुरु हुनेछ ।