१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यु–१६ महिला च्याम्पियनसिपः भारतले भुटानलाई ७–० गोलले हरायो



अ+ अ-

काठमाडौँ । अनुष्का कुमारीको ह्याट्रिक प्रेरणामा भारतले शुक्रवार भुटानमाथि ७–० को रबाफिलो जित निकाल्दै साफ यु–१६ महिला च्याम्पियनसिपको शुरुवात गरेको छ ।

चार राष्ट्रको प्रतिष्पर्धा रहेको साफ यु–१६ नेपालमा शुक्रवारदेखि शुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारतले दक्षिण एशियाली फुटबलको कमजोर टोली भूटानमाथि गोल वर्षा गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारतका लागि अनुष्काले ह्याट्रिक पूरा गर्दै पर्ल फर्नान्डेजले दुई गोल गरिन् । कप्तान श्वेता रानी र अन्विता रघुरमनले समान एक गोल थपे । भारतले पहिलो हाफमा नै ६ गोल गर्दै भूटानमाथि पूर्ण रूपमा हाबी भयो । तर दोस्रो हाफमा भने भूटानले एक गोल मात्र बेहोर्यो ।

कप्तान रानीले खेलको छैटौं मिनेटमा नै गोल गर्दै अग्रता दिलाइन् । पर्लले १३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसको चार मिनेटपछि नै अनुष्काले गोल गरिन् । पर्लले २६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि भारत ४–० ले अगाडि रह्यो । एक मिनेट पनि नबित्दै अनुष्काले अर्को गोल थपिन् । उनले ४०औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरिन् र पहिलो हाफमा भारत ६–० ले अगाडि रह्यो । दोस्रो हाफको ६१ औं मिनेटमा अन्विताले गोल गरेपछि भारतले ७–० को अग्रता बनायो ।

त्यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र भुटानले हार व्यहो¥यो । जितसँगै भारतले तीन अंक जोडेको छ । भारतले आफ्नो दोस्रो खेलमा मंगलवार बंगलादेशको सामना गर्नेछ । नेपालले शनिवार बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । खेल दिनको तीन बजे एन्फा कम्प्लेक्समा शुरु हुनेछ ।