१४ श्रावण २०८३, बिहीबार
,
Latest
‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य बाघ संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण सामाजिक सद्भाव कायम गर्न आग्रह विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्छः सभापति लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्ने बताउनुभएको छ ।

शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेतृत्वले जनताको शक्ति चिनेको बेलामा नै देशले साँच्चिकै मुहार फेर्ने बताउनु भयो । उहाँले भरतपुरको विकासको लागि आफूले खेल्नुपर्ने भुमिका निर्वाह गर्न कटिवद्ध र प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसो हेर्दा यो मञ्च धेरै नै शक्तिशाली लागेको होला । किनभने यहाँ वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरु सबै हुनुहुन्छ । तर यहाँको शक्तिले जब त्यहाँको शक्तिलाई चिन्छ बल्ल देशले मुहार फेर्छ । म यतिमात्र भन्न चाहन्छु । भरतपुरको विकासको लागि आफूले खेल्नुपर्ने भुमिका निर्वाह गर्न कटिवद्ध र प्रतिवद्ध छु । भएका राम्रा चिजको प्रशंशा गरेको छु ।’

सभापति लामिछानेले भरतपुर भ्रमण सफल पार्न आग्रह गर्नुभयो ।