• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्छः सभापति लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्ने बताउनुभएको छ ।

शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेतृत्वले जनताको शक्ति चिनेको बेलामा नै देशले साँच्चिकै मुहार फेर्ने बताउनु भयो । उहाँले भरतपुरको विकासको लागि आफूले खेल्नुपर्ने भुमिका निर्वाह गर्न कटिवद्ध र प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसो हेर्दा यो मञ्च धेरै नै शक्तिशाली लागेको होला । किनभने यहाँ वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरु सबै हुनुहुन्छ । तर यहाँको शक्तिले जब त्यहाँको शक्तिलाई चिन्छ बल्ल देशले मुहार फेर्छ । म यतिमात्र भन्न चाहन्छु । भरतपुरको विकासको लागि आफूले खेल्नुपर्ने भुमिका निर्वाह गर्न कटिवद्ध र प्रतिवद्ध छु । भएका राम्रा चिजको प्रशंशा गरेको छु ।’

सभापति लामिछानेले भरतपुर भ्रमण सफल पार्न आग्रह गर्नुभयो ।