२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले नै फसाएको गेम हो मैले नै निकाल्नुपर्छ भन्ने लागेको थियो – करण केसी



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले नामिबियालाई पराजित गर्यो । कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबारनेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो ।

नेपाललाई नाटकीय जित दिलाउन अन्तिम ओभरमा करण केसीले उत्कृष्ट बलिङ गरे । त्यसअघि नामिबियाका ब्याट्सम्यानसँग चुटिएका करणले अन्तिम ओभरमा भने कसिलो बलिङ गर्दै नतिजा नेपालको पोल्टामा पारे । नामिबियालाई अन्तिम ओभरमा १२ रन आवश्यक थियो । तर उसले ९ रनमात्रै जोड्यो ।

करणले ४ ओभरमा ४९ रन खर्चिएर २ विकेट लिए । अन्तिम ओभरमा बलिङ गर्नुअघि नै उनले ४१ रन खर्चिसकेर महँगो सावित भएका थिए । तर, कप्तान रोहित पौडेलले करणलाई विश्वास गर्दै उनको हातमा बल थमाए ।

खेल सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै करणले आफूले धेरै रन खर्चिएको र अन्तमा आफूले नै खेल जिताउनुपर्ने ठानेको बताएका छन् । उनले पोस्टम्याच कन्फरेन्समा भने – ‘मलाई कस्तो फिल भयो भने मैले नै फसाएको गेम हो मैले नै निकाल्नुपर्छ भन्ने लाग्यो रोहित(कप्तान)ले नी भने मैले नै बलिङ गर्छु भनेर । ममा कन्फिडेन्ट पनि थियो । कप्तान रोहितले पनि समर्थन गरे ।’