१ पुष २०८२, मंगलवार
,
Latest
नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराइनसँगको खेल नेपालबाहिर हुने



अ+ अ-

काठमाडौँ । नेपालले विश्वकप छनोटमा बहराइनसँगको खेल आफ्नो घरेलु मैदानमा खेल्न नपाउने भएको छ । विश्वकप छनोटका सबै खेलहरु होम एण्ड अवे आधारमा सञ्चालित हुनुपर्छ । त्यसअनुसार पहिलो लेग चैत ८ गते नेपालमा र दोस्रो लेग चैत १३ गते बहराइनमा हुनुपर्ने थियो ।

तर, एसियाली फुटबल महासंघ (एएफसी)ले नेपालको मैदानको कारण देखाएर नेपालको होम गेम काठमाडौंमा गर्न अस्वीकार गरेको छ । अखिल नेपाल फटबल संघ (एन्फा)ले शुक्रबार एक सूचना जारी गर्दै चैत ८ गते हुने भनिएको होम गेम नेपालमा नहुने उल्लेख गरेको छ ।

‘घरेलु मैदानमा खेल्नुपर्ने खेल देश बाहिर हुनेछ, जसको घोषणा छिट्टै गरिनेछ’, एन्फाले स्रचनामा भनेको छ । चैत १३ गते नेपालले अवे खेल बहराइमै खेल्ने छ । तर होम गेमका लाग भने अर्को स्थान नेपालले नै प्रस्ताव गर्नेछ ।

बहराइनले नेपालको घरेलु मैदान दशरथ रंगशालामा खेल्न स्तरीय नभएको भन्दै एएफसीमा उजुरी गरेको थियो । त्यो उजुरीपछि एफएफसीको टोली आएर मैदानको निरीक्षण गरेका थिए ।