५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको अर्धशतकमा नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले नामिबियालाई जितको लागि १८१ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनायो।

नेपालको लागि कुशल मल्लले अर्धशतकिय ईनिङ खेले । उनीे ३६ बलमा १ चौका र ४ छक्कासहित ५४ रन बनाएर नटआउट रहे । पाँचौ विकेटका लागि कुशल र आरिफ शेखले ८५ रनको साझेदारी गरे । आरिफ २४ बलमा ४ चौकासहित ३१ रन जोड्दै आउट भए ।

यस्तै, गुलशन झाले २६ र ओपनर अनिल शाहले २३ रन बनाए । दीपेन्द्रले १६, कप्तान रोहित पौडेलले १०, करण केसीले ७ रन बनाए ।

नामिबियाको लागि बेन शिकोंगोले सर्वाधिक ३ विकेट लिए । ज्याक ब्रसेलले २, रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्ट इटन र बर्नार्ड स्कोल्जले एकएक विकेट लिए ।

सुरुवातको दुई खेल हारेकोनेपाललाई फाइनल पुग्ने सम्भावना कायमै राख्न यो खेल जित्नैपर्ने दबाब छ ।