६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एट्लेटिको मड्रिडलाई हराउँदै एथ्लेटिक बिल्वाओ ‘कोपा डेल रे’ को फाइनलमा



अ+ अ-

काठमाडौँ । एथ्लेटिक बिल्वाओ स्पेनिस कोपा डेल रे को फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो लेगको खेलमा एट्लेटिको मड्रिडलाई ३–० गोलले पराजित गर्दै समग्रमा ४–० को नतिजासहित बिल्वाओ फाइनलमा पुगेको हो ।

खेलको १३ औं मिनेटमा नै बिल्वाओले इनाकी विलियम्सको गोलबाट सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ४२ औं मिनेटमा निको विलियम्सले र ६१ औं मिनेटमा गोर्का गुरुजेटाले गोल थपे ।

अब एथ्लेटिक बिल्वाओले उपाधिका लागि मल्लोर्कासँग खेल्नेछ । फाइनल खेल अप्रिल ६ मा हुनेछ ।