२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियासँग बदला लिने दाउमा नेपाल



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नामिबियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा दुई टोली दोस्रोपटक भिड्न लागेका हुन् । यसअघि भएको खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो । नेपाललाई आजको खेल निकै महत्वपूर्ण रहेको छ । लगातार दुई खेलमा पराजित भएको नेपाल फाइनलको सम्भावना जिवितै राख्नका लागि पनि आजको खेल जित्नुपर्ने दबाबमा छ ।

नामिबिया जितलाई निरन्तरता दिन चाहन्च भने नेपाल नामिबियालाई पराजित गर्दै अघिल्लो खेलको बदला लिन चाहन्छ ।

यसअघि हिजो भएको खेलमा नामिबिया नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो । नेदरल्यान्ड्सले दुई खेल जितेको छ भने नामिबियाले एक खेल जितेको छ । नेपाल भने पहिलो जितको खोजीमा छ ।

विश्वकप लिग–२ खेल्न नेपाल आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग नेपालले सिरिज खेलेको हो । हरेक टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्दैछन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।