९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्नेछौं– साफ यु–१६ नेपाली महिला टोली

घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्नेछौं– साफ यु–१६ नेपाली महिला टोली
अ अ+ अ-

काठमाडौँ । नेपाली यु–१६ महिला टोलीले घरेलु मैदानमा हुने साफ यु–१६ महिला फुटबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्र्शन गर्ने आशा लिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुक्रवारदेखि आगामी फागुन २७ सम्म प्रतियोगिता हुँदैछ । नेपालसहित चार राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । बिहीवारदेखि प्रतिष्पर्धा शुरु हुने भएपनि नेपालले भने आफ्नो पहिलो खेल बलियो टोली बंगलादेशसँग खेल्दैछ । नेपाली युथ टोलीका प्रशिक्षक चक्र तामाङले एक महिनाको तयारीमा राम्रो टोली बनेको उल्लेख गर्दै घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने आशा राखेका हुन् । नेपालको सिनियर टोली पहिलो पटक महिला फुटबलमा उपाधि भित्राउने योजनामा छ ।

साउदी अरेबियामा नेपालको सिनियर राष्ट्रिय महिला टोलीले बिहीवार राती नै जोर्डनसँग फाइनल खेल्दैछ । सिनियरको प्रदर्शनबाट उत्साहित युवा टोली सोही पथलाई पछ््याउने आशामा छन् । महिला यु–१६ टोलीकी कप्तान भुमिका बुढाथोकीले आफ्नो टोली बलियो रहेको र प्रतियोगितामा चुनौती प्रश्तुत गर्ने बताइन् । आफ्ना सिनियर दिदीले राम्रो गरिरहेको उल्लेख गर्दै आफूहरू पनि सोही किसिमको प्रदर्शन गर्ने आशा व्यक्त गरिन् । नेपालले सन् २०२२ मा साफ यु–१५ च्याम्पियनसिप जितेको थियो । त्यतिबेला भूमिका पनि टोलीकी सदस्य थिइन् ।

नेपालका प्रशिक्षक चक्र तामाङले पनि सिनियर दिदीहरूको सफलताले आफ्नो टोलीलाई उत्प्रेरणा मिलेको विश्वास व्यक्त गरे । यही मैदानमा लामो समयदेखि प्रशिक्षण भइरहेकाले पनि त्यसको फाइदा लिने उनको भनाइ छ । यसअघि प्रतियोगिता च्यासल मैदानमा आयोजना गरिने बताइएको थियो । तर अन्तिम समयमा आएर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारिएको छ । एएफसी र साफको प्राविधिक टोलीले निरीक्षण गरेपछि च्यासलमा खेल गर्न नमिल्ने देखिएकोले आयोजनास्थल एन्फा कम्प्लेक्समा सारिएको हो ।

बंगलादेशका प्रशिक्षक साइफुल बरी तितुले आफ्नो टोली एकेडेमीका खेलाडी नभएकाले केही चुनौती रहने उल्लेख गरे । महिला फुटबलमा बंगलादेशले राम्रो नतिजा निकालिरहेको र अहिले सोही किसिमको नतिजा प्राप्त गर्न दबाब सिर्जना नगर्ने पनि प्रशिक्षक तितुको भनाइ छ । भूटानका प्रशिक्षक खान्डु त्सोमोले यो उमेरसमूहका प्रतियोगितामा एकअर्कालाई राम्रो बुझ्न गाह्रो हुने उल्लेख ग¥यो ।

साथै शारीरिक रूपमा केही चुनौती हुने भए पनि मानसिक रूपमा सबै तयार रहेको भूटानको टोलीको भनाइ छ । यो प्रतियोगिताका लागि भारतले दुई महिनादेखि तयारी गरेको छ । भारतका प्रशिक्षक बिबी थोमसले साफको प्रतियोगिताका लागि मात्र आफूहरू सीमित नरहेको उल्लेख गर्दै भारतको समग्र फुटबल विकासका लागि काम गरिरहेको बताए । भारतका सबै टोली टेक्निक र ट्याक्टिकल रूपमा राम्रो गर्ने विश्वास व्यक्त गरे ।

यस प्रतियोगिताको टिकट दर साधारणतर्फ १०० र भिआइपी पारापिटतर्फ ३०० तोकिएको छ । खेलको टिकट एन्फा कम्प्लेक्स सातदोबाटोमा भौतिक रुपमा किन्न पाइनेछ । यो प्रतियोगिताको लागि चक्र तामाङको प्रशिक्षणमा २३ सदस्यीय नेपाली यु–१६ महिला टोलीले तयारी गरिरहेको छ । प्रतियोगिताको उद्घाटन खेल १८ फागुनमा भारत र भुटानबीच हुनेछ । चार टोलीले एकअर्कासँग प्रतिष्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।