• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

गठबन्धनलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँः प्रधानमन्त्री दाहाल



चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गठबन्धनलाई राम्रोसँग लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “गठबन्धन राम्रैसँग गइराखेको थियो, राम्रैसँग लाने कुरामा हामी प्रतिबद्ध थियौँ र छाँै पनि ।” नेपाली कांग्रेसको हालै सम्पन्न महासमितिको बैठकले पनि केही चिज नयाँ हामीलाई आवश्यक नभएका कुराहरु उठेको भन्दै उहाँले यस विषयमा छलफल हुने बताउनुभयो ।

बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ता पार्टी भएकाले उठाउनु नपर्ने विषय उठेको गुनासो आएको भन्दै प्रधानमन्त्री दाहालले यस विषयमा छलफलबाट मात्रै टुङ्गो लाग्ने बताउनुभयो ।

आफूले राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति आउनुपर्छ त्यसमा केही फरक हुन्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो विषयमा ठोस निर्णय भएको छैन । छलफल चलेको छ ।” पार्टीको बैठकले राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुँदैन भनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “औपचारिकरुपमा लिखित निर्णय भएको छैन ।” कोशीमा माओवादी केन्द्रको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसका कारण भएको भन्दै उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरु आक्रोशित भएको बताउनुभयो ।

फरक प्रसङ्गमा प्रधानमन्त्रीले चितवनबासीका लागि गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला र भरतपुर विमानस्थल निर्माणको कुरा सुखद रहेको बताउनुभयो । तीन वर्षदेखि बन्न नसकेको रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारले नीतिगत निर्णय गरेर बाटो खुलाएको बताउनुभयो । आफूहरुले पहिलादेखि नै सोचेको सपना पूरा हुन लागेको उहाँले बताउनुभयो ।