• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

त्रिभुवन आर्मी पाँचथर गोल्डकपको फाइनलमा



पाँचथर । त्रिभुवन आर्मी फुटवल क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न सेमिफाइनलमा आर्मीले झापा–११ फुटवल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा आर्मिका लागि तीन खेलाडीले गोल गरेका थिए भने झापा–११ का कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । आर्मीका सन्तोष केसी, दीपकुमार लामा र मानबहादुर आले मगरले गोल गरेका थिए । झापा–११ का पेमा लामा, विशाल तामाङ र रोजिन माझी गोल गर्न चुके ।

यसअघि खेलको ४३औँ मिनेटमा आर्मीका लागि दीपकुमार लामाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५९औँ मिनेटमा झापा–११ का लागि प्रदीप बुढाथोकीले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । आजको खेलमा रेफ्री श्याम दनुवारले चार वटा पहेँलो कार्डको प्रयोग गरेका थिए ।

आजको खेलको उत्कृष्ट खेलाडी ९म्यान अफ दी म्याच० आर्मीका दीपकुमार लामा घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे । आजको खेलमा उत्कृष्ट ढङ्गले समर्थन जनाउने फिदिम नगरपालिका–७ का निश्चल बाँस्कोटालाई ‘फ्यान अफ दी म्याच’ घोषित गरी रु दुई हजार ५०० पुरस्कार प्रदान गरियो ।

शनिबार फाइनलमा आयोजक पाँचथर क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले रु पाँच लाख पाँच हजार तथा उपविजेताले रु दुई लाख ५५ हजार पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिने आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले जानकारी दिए ।