२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्ससँग नामिबिया ५९ रनले पराजित



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिजमा नेदरल्यान्ड्सले लगातार दोस्रो जित हात पारेको छ ।

नामिबियालाई ५९ रनले पराजित गर्दै नेदरल्यान्ड्स ४ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नामिबियाको २ अंकको साथ दोस्रोमा र नेपाल अंकविहिन छ ।

जितको लागि २ सय ४८ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन मात्र बनायो ।

नामिबियाको लागि जेन ग्रीन र जान फ्रिलिंकले समान ४२-४२ रन जोडे । फ्रेलिंकले २७ बलमा ३ चौका र २ छक्कासहित ४२ रन बनाए । ग्रीनले २० बलमा ४ चौका र ३ छक्कासहित ४२ रन बनाउदा जेपी कोट्जी २६, कप्तान जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले १९–१९ रन बनाए ।

नेदरल्यान्ड्सका भान डर गुग्टेनले २ विकेट लिदा भिभियन किंग्मा, फर्द क्लासेन, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट र रोलेफ भान डर मर्वे १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले माइकल लेभिटको शतकमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको थियो। टियुमा टि२० क्रिकेटमा बनेको यो नै सबैभन्दा ठूलो योगफल हो ।

नेदरल्यान्ड्सका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले उत्कृष्ट शतकीय ईनिङ खेलेका थिए । उनले ६२ बलमा १० छक्का र ११ चौकासहित एक सय ३५ रन बनाए । जारी शृङ्खलामा कुनै पनि ब्याट्सम्यानले यति धेरै रन बनाएको छैन ।

त्यस्तै, साइब्रान्ड एंगलब्रेक्टले ४० बलमा ७५ रन जोड्दा तेजा निदामनुरुले १८ रन थपे ।

नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले दुई विकेट लिए ।