९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने दाउसहित मैदानमा उत्रिँदै नेपाल

पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने दाउसहित मैदानमा उत्रिँदै नेपाल
अ अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधिबिहीन नेपाली महिला राष्ट्रिय फुटबल टोली आज पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रदैछ । नेपाली टोली समूह चरण र सेमिफाइनलमा देखाएको उत्कृष्ट खेल कौशललाई फाइनलमा पनि निरन्रता दिँदै उपाधिबिहीन यात्रामा पूर्णबिराम लगाउने दाउमा छ ।

तर प्रतियोगिताको बलियो टोली जोर्डनविरुद्धको खेल भने नेपालका लागि पक्कै पनि सहज हुने छैन । साउदी अरबको प्रिन्स अब्दुल्लाह अल फैसल स्पोट्र्स सिटी रङ्गशालामा हुने फाइनलमा दुवै टोली उपाधिका उत्तिकै दाबेदार मानिएका छन् ।

त्यसैमाथि टोलीको मुख्य खेलाडी सावित्री भण्डारी (साम्बा)को अनुपस्थितिको भरपाई सहज नहुनसक्छ । नेपाली टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेकी साम्बाको ठाउँ कस्ले लिने भन्ने चिन्ता पनि थपिएको छ ।

साम्बा एन अभान्ट ग्वेंगाम्पसँगको व्यावसायिक सम्झौताका कारण फ्रान्स जानु परेपछि फाइनल गुमाएकी हुन् । उक्त क्लबसँगको सम्झौताअनुसार उनलाई फिफा विन्डोको खेलमात्रै खेल्ने अनुमति थियो । समूह चरण र सेमिफाइनलका खेल फिफा विन्डोभित्र परे पनि फाइनल खेल फिफा विन्डो बाहिरको खेल भएकाले उनी फाइनल खेल्न नपाएकी हुन् ।

अखिल नेपाल फुटबल सङ्घका प्रतिनिधि तथा खेल विश्लेषक सञ्जीव मिश्र जोर्डन बलियो टोली भए पनि उपाधि नेपालले नै जित्नेमा आफू विश्वस्त रहेको बताउनुहुन्छ । साम्बाको अनुपस्थितिमा नेपाललाई केही अप्ठ्यारो भए पनि फुटबल ‘टिम गेम’ भएकाले अन्य खेलाडीले साम्बाको अभाव हुन नदिने उहाँको विश्लेषण छ ।  “यो टिम गेम हो, साम्बा टोलीमा महत्वपूर्ण खेलाडी भए पनि उनको अनुपस्थितिमा अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गर्दै उपाधि जित्नेमा म विश्वस्त छु”, उहाँले भन्नुभयो ।

नेपाली पुरुष फूटबल टोलीका पूर्वकप्तान तथा पूर्वप्रशिक्षक हरि खड्का नेपाली टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी साम्बाको अनुपस्थितिले टोलीलाई मानसिक दबाबमा पुर्‍याउन सक्ने धारणा राख्नुहुन्छ । “उपाधि जित्ने दाउमा रहेको नेपालका लागि फाइनलमा साम्बाको भूमिका महत्वपूर्ण हुने नै थियो । तर टोलीका अन्य खेलाडीले उत्कृष्ट खेल खेल्नेमा मलाई विश्वास छ”, उहाँले भन्नुभयो ।

नेपालले खेलेका यसअघिका खेलमा साम्बाको ठूलो भूमिका थियो । समूह चरण र सेमिफाइनल गरी भएका चार खेलमा नेपालले कूल १५ गोल गर्दा दुई गोल खाएको थियो । नेपालले गरेका १५ मध्ये नौ गोल साम्बा एक्लैले गरेकी थिइन् । प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो ।

जोर्डनले पनि प्रतियोगिताका यसअघिका खेलामा उत्कृष्ट खेल प्रदर्शन गरिसकेको छ । सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोल अन्तरले पराजित गरेको जोर्डनले जारी प्रतियोगितामा विपक्षी चार टोलीको पोस्टमा १३ गोल गरेको छ भने जम्मा एउटा गोल खाएको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा जोर्डनले साउदी अरेबियाविरुद्ध एक गोल खाएको थियो ।

जोर्डन वाफ च्याम्पियनसिपको पछिल्लो तीन संस्करणसहित पाँच पटकको विजेता टोली पनि हो । विश्व वरियतामा नेपाल जोर्डनभन्दा ३१ स्थानमाथि छ । जोर्डन ७४औँ स्थानमा छ भने नेपाल एक सय पाँचौ स्थानमा छ ।

नेपाल र जोर्डन जारी प्रतियोगिताका अपराजित टोली हुन् । सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ गोलअन्तरले पराजित गरेको थियो भने जोर्डनले प्यालेस्टाइनलाई ५-० ले हराएको थियो । दुवै समूह चरणमा पनि अपराजित थिए ।

जोर्डनले समूह चरणमा साउदी अरेबियालाई ३-१ ले, ग्वामलाई ३-० र लेबनानलाई २-० ले पराजित गरेको थियो । साथै नेपालले सिरियालाई ४-१, इराकलाई ५-० र प्यालेस्टाइनलाई ४-०ले पराजित गरेको थियो ।

नेपाली टोलीमा गोलरकिपरमा कप्तान एन्जिला तुम्बापो सुब्बासँगै उषा नाथ र अञ्जना राना मगर छन् भने डिफेन्डरमा गीता राना, हिराकुमारी भुजेल, बिमला विक, अमृता जैशी, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी छन् ।

त्यसैगरी मिडफिल्डरमा अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दीपा शाही, बिमला चौधरी र सरस्वती हमाल छन् । फरवार्डमा चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग र सबिता राना मगर छन् ।

खेल आज राति पौने १० बजे सुरु हुनेछ ।