६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक परामर्श संघको अध्यक्षमा वासुदेव नेपाल



अ+ अ-

काठमाडौँ । शैक्षिक परामर्श संघ नेपाल (फेकन) को अध्यक्षमा वासुदेव नेपाल चयन भएका छन् ।  शनिबार काठमाडौंमा संघको १० औँ वार्षिक साधारणसभाबाट नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । 

नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रज्वल बस्नेत र हेमन्तराज दुलाल, महासचिवमा राजु निरौला, सचिवमा उमेश कुश्वार र छविन्द्र ओझा, कोषाध्यक्षमा अनिल शर्मा पौड्याल तथा सदस्यहरुमा इन्द्रजित गौतम, रेश्मा राजथला, सविन खड्का, सुदेश पोखरेल, दिनेश न्यौपाने र दिपा लामिछाने निर्वाचित भएका हुन् । 

साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले एकअर्काको पक्ष विपक्षमा उत्रिनुभन्दा एक अर्कालाई साथमा लिएर अगाडि बढ्नु उचित रहेको बताउनु भयो ।

त्यसैगरी एक्यानका अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक समस्याहरुको अन्त्य गर्न र सम्पूर्ण नेपाली विद्यार्थीहरुको भविष्य सुनिश्चित बनाउने काममा नयाँ नेतृत्वको प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गर्नुभयो ।