९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक परामर्श संघको अध्यक्षमा वासुदेव नेपाल



अ+ अ-

काठमाडौँ । शैक्षिक परामर्श संघ नेपाल (फेकन) को अध्यक्षमा वासुदेव नेपाल चयन भएका छन् ।  शनिबार काठमाडौंमा संघको १० औँ वार्षिक साधारणसभाबाट नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । 

नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रज्वल बस्नेत र हेमन्तराज दुलाल, महासचिवमा राजु निरौला, सचिवमा उमेश कुश्वार र छविन्द्र ओझा, कोषाध्यक्षमा अनिल शर्मा पौड्याल तथा सदस्यहरुमा इन्द्रजित गौतम, रेश्मा राजथला, सविन खड्का, सुदेश पोखरेल, दिनेश न्यौपाने र दिपा लामिछाने निर्वाचित भएका हुन् । 

साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले एकअर्काको पक्ष विपक्षमा उत्रिनुभन्दा एक अर्कालाई साथमा लिएर अगाडि बढ्नु उचित रहेको बताउनु भयो ।

त्यसैगरी एक्यानका अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक समस्याहरुको अन्त्य गर्न र सम्पूर्ण नेपाली विद्यार्थीहरुको भविष्य सुनिश्चित बनाउने काममा नयाँ नेतृत्वको प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गर्नुभयो ।