२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले युगान्डामा टी-२० सिरिज खेल्ने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अप्रिलमा युगान्डामा टी-२० सिरिज खेल्ने भएको छ ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपको तयारी स्वरुप नेपालले चार देश सम्मिलित सिरिज खेल्न लागेको हो ।

आगामी जुन १ देखि २९ तारिखसमम सञ्चालन हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

युगान्डाले आयोजना गर्न लागेको टी–२० सिरिजमा नेपालसहित युगान्डा, नेदरल्यान्डस् र नामिबिया खेल्नेछन् ।

अहिले नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी–२० शृंखला खेलिरहेको छ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्डस्सँग २ रनले पराजित भएको थियो । आज नेदरल्यान्डस् र नामिबिया खेल्दैछन् । भोलि शुक्रबार नेपालले नामिबियाको सामाना गर्दैछ ।