३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरीरमा मुसा आएर चिन्तित हुनुहुन्छ, यस्तो छ हटाउने उपायहरु



अ+ अ-

काठमाडौं । हाम्रो छालामा जिवाणुको कारणले गर्दा स–सानो मासु पलाउने गर्दछ । जस्ले हाम्रो छालाको माथिल्लो तहमा असर गर्दछ । जस्ले गर्दा मासु छिटो बढ्ने हुन्छ । साधारणतया गाँठोगुठ्ठि धेरै खतरनाक हुदैंन । गाँठोगुठ्ठि प्रायजसो घाँटीमा आउने गर्दछ । यीनीहरु धेरै नै नराम्रो देखिन्छन् । गाँठोगुठ्ठि सानो मासु झुण्डिएको जस्तो देखिन्छन् । त्यसैगरी मासुको र यसको रङ्ग समान हुन्छ । यसै कारणले गर्दा मानिसहरु यसलाई हटाउन चाहन्छन् ।

गाँठोगुठ्ठिलाई कसरी हटाउन सकिन्छ ?

सबैभन्दा पहिला गाँठोगुठ्ठि हो वा स्किन ट्याग (छालाको घाउ) हो भन्ने छुट्याउनको लागि डाक्टरलाई जँचाउनुहोस् । स्किन ट्याग पनि घाँटिमा आउने गर्दछ र यो गाँठोगुठ्ठि जस्तै देखिन्छ । तर यीनीहरु दुबैको उपचार छुट्टाछुट्टै गरिन्छ । घाँटीमा आउने गाँठोगुठ्ठिलाई हटाउनको लागि प्रायजसो घरेलु उपचारका रुपमा लसुनको प्रयोग गरिन्छ । लसुनमा शक्तिशाली विषाणुनाशक ,जीवाणुनाशक गुण हुन्छ । जस्को कारणले गर्दा गाँठोगुठ्ठिको विषाणु संक्रमणबाट बच्न मद्धत पुग्दछ ।

विधि : केही लसुनलाई गाँठोगुठ्ठि भएको ठाउँमा थिचेर राख्नुहोस् । त्यसपछि यसलाई पट्टिले बाँध्नुहोस् । र यसलाई ३० मिनेटसम्म त्यसै छोड्नुहोस् । त्यसपछि पानीले पखाल्नुहोस् । यस विधिलाई प्रत्येक दिन २ पटक २ हप्तासम्म गर्नाले राम्रो परिणाम मिल्दछ । लसुनले गाँठोगुठ्ठिलाई खटिरामा परिणत गरी १ हप्तामै झार्दछ । सधैं नयाँ लसुनको प्रयोग स्वस्थ छालामा असर नपर्ने गरी गर्नुहोस् ।

ध्यान दिनुपर्ने कुराहरु ?

गाँठोगुठ्ठि शरीरमा एक ठाउँबाट अर्को ठाउँमा सर्दछ । तपाइँले यस समस्याको उपचार गर्दा गाँठोगुठ्ठिमा लगाईसकेपछि त्यस सामाग्रीलाई अरु भागमा प्रयोग नगर्नुहोस् । अरुलाई पनि गर्न नदिनुहोस् । तपाइँलाई मधुमेह छ भने , खुट्टाको गाँठोगुठ्ठिको उपचार गर्ने प्रयास नगर्नुहोस् । आफ्नो अनुहार वा संवेदनशील अङ्ग जस्तै, प्रजनन अङ्ग, मुख वा नाकको प्वालमा भएको गाठोगुठ्ठिलाई घरेलु उपाय अपनाई हटाउने प्रयास नगर्नुहोस् । एजेन्सीको सहयोगमा ।