९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

खेलाडीको रुपमा मैदानमा नभएपनि मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु: सावित्रा भण्डारी

खेलाडीको रुपमा मैदानमा नभएपनि मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु: सावित्रा भण्डारी
अ अ+ अ-

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले वाफ च्याम्पियनसिपको फाइनलमा खेलाडीको रुपमा मैदानमा नभएपनि मैदानबाहिर आफ्नो देशको समर्थनमा हुने बताएकी छन् ।

फ्रान्सेली क्लबमा अनुबन्धित साम्बाले फिफाको नियम अनुसार आज रातिहुने जोर्डनविरुद्धको फाइनल खेल खेल्न नपाउने भएपछि यस्तो बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई हौसला दिएकी छन् । उनले फाइनलमा पनि आफ्नो लय कायम राख्दै टोलीले उपाधि घर लिएर जाने विश्वास व्यक्त गरेकी छन् । उनले भनेकी छन्,‘मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रुपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौं । प्रतिद्वन्द्वी कठिन भएपनि हामी पुनस् एकपटक एकजुट भएर जित हासिल गर्नेछौं भन्ने विश्वास मैले राखेको छु ।’

पैसाको लागि आफनो देशको तर्फबाट फाइनल नखेलेको आरोप लागेपछि साबित्राले देशका लागि खेल्नु आफनो लागि आज पनि उत्तिकै महत्वपूर्ण भएको बताएकी छिन् । ‘खेलाडीको रुपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थें, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु । शुभकामना टिम । हामी सक्छौं, हामी गर्छौं।’, उनले भनेकी छिन्, ‘वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौं, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैं मेरो लागि सहज वातवरण सिर्जना गरिदिएको छ, र यसपटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु ।’

https://www.facebook.com/permalink.php?story_fbid=812877910661852&id=100058189504182&ref=embed_post