१२ श्रावण २०८३, मंगलवार
,
Latest
देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ३० हजार नजिक



अ+ अ-

एजेन्सी । इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

मन्त्रालयका अनुसार आक्रमणवाट ११० जना घाइते भएका छन् । इजरायल-हमास द्वन्द्व शुरु भएदेखि हालसम्म प्यालेस्टिनी घाइतेहरूको कुल सङ्ख्या ७० हजार ३२५ पुगेको छ ।

केही पीडितहरू अझै भग्नावशेषमुनि रहेको अनुमान छ ।

बुधबार इजरायली मिडिया आउटलेटले गाजा पट्टीको लडाइँमा दुई अधिकृतको मृत्यु भएको र ७ जना सैनिकहरू घाइते भएको बताइएको छ । योसँगै मृत्यु हुने सैनिकको सङ्ख्या ५८२ पुगेको छ ।

इजरायली सेनाले सुरुङहरू र हमासका अन्य पूर्वाधारहरू ध्वस्त पारेको, ूआतङ्कवादी कक्षहरूू नष्ट गरेको र ठूलो मात्रामा हतियारहरू कब्जा गरेको बताएको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता ड्यानियल हगारीले गाजामा युद्धको लक्ष्य अक्टोबर ७ को आक्रमण फेरि कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्ने रहेको र त्यसका लागि समय लाग्ने बताउनु भएको छ।