१२ श्रावण २०८३, मंगलवार
,
Latest
चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

झण्डै–झण्डैले जितिसकेको नेपाल



तस्बिरः क्यान
अ+ अ-

काठमाडौँ । त्रिदेशीय टी–२० सिरिज अन्तर्गत घरेलु मैदानमा नेपालले लगातार दोस्रो खेलमा पराजय ब्यहोर्यो । आज कीर्तिपुरस्थित त्रिवि मैदानमा खेलको नतिजाका लागि अन्तिमसम्म कुर्नुपरेको थियो ।

खेलको १७ औं ओभरको समाप्तीमा ९ रनमात्रै जोडेको नेपालले १८ औं ओभरको समाप्तीमा १८ र १९ औं ओभरको समाप्तीमा १५ रन जोडेर जिततर्फ अघि बढेको थियो । दर्शकहरुबाट नेपालले खेल जित्ने भयो भन्दै मैदानमा चर्को आवाजले ‘नेपाल–नेपाल’ गुन्जिरहेको थियो ।

क्रिजमा दिपेन्द्र सिंह ऐरी र करण केसी थिए । यी दुबैले आवश्यक परेको खण्डको ठूला शट खेल्न सक्छन् । बाउन्ड्री शट खेल्न दुबै माहिर छन् । यसमानेमा दर्शक नेपालले खेल जित्छ भन्ने पक्षमा थिए । अन्तिम ओभरमा नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्ड्सले स्पिनर भान डर मर्वीको हातमा बल थमाए । डेथ ओभरमा प्रायजसो फास्ट बलरलाई बलिङ गर्न लगाइन्छ । तर कप्तानले भानमाथि विश्वास लिए ।

नेपाललाई अन्तिम ओभरमा १५ रनको आवश्यक थियो । पहिलो बलमा दिपेन्द्रले चौका प्रहार गरे । त्यसपछि दिपेन्द्रले अर्को ठूलो शट खेल्दै छक्का प्रहार गरे । १५ रनको रनरेट आवश्यक रहेको अवस्थामा लगातार दुई बाउन्ड्रीले खेल नेपालको पक्षमा गयो । तर, तेस्रो बलमा दिपेन्द्र सिंह ऐरी र करण केसी दुई रन लिनका लागि दौडिए । करण केसी रनआउट हुन पुगे तब, खेलमा अर्को टर्निङ पोइन्ट आयो । नेपाललाई ३ बलमा ४ रनको आवश्यक थियो ।

उत्कृष्ट पारी खेलिरहेका दिपेन्द्र क्रिजमा रहँदासम्म अन्तिम बलसम्म पनि दिपेन्द्रले चमत्कार गर्न सक्छन् भन्ने विश्वास नेपाली फ्यानलाई परेको थियो । तर, ओभरको चौंथो बलमा उनले ठूलो शट खेल्नका लागि ब्याट उठाए र उनलाई भान मर्वीले आउट पारे । सायद उक्त बल छाडेर उनी अन्य दुई बल कुरेको भए खेल नेपालको पक्षमा आउन पनि सक्ने थियो । त्यसपछि एकाएक खेल नेदरल्यान्ड्सको पक्षमा गयो ।

क्रिजमा दुबै (गुलशन झा र प्रतिश जिसि) सेट हुन नपाएका ब्याट्सम्यान थिए । मर्वीले ओभरको पाँचौं बलमा डट बल फ्याँके । यस्तै अन्तिम बलमा एलबीडब्लु पार्दै जिसिलाई आउट पारे । खेल नेदरल्यान्ड्सको पक्षमा गयो । नेदरल्यान्ड्स २ रजले विजयी हुन पुग्यो ।

यससँगै नेपालको यो लगातार दोस्रो हार हो । हिजो मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । आजको खेलपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्य प्रशिक्षक मोन्टी देशाईले नेपालको अझै फाइनल पुग्ने आशा जिवितै रहेको बताएका छन् । नेपालले अब अर्को खेल १ मार्चमा नामिबियासँग खेल्नेछ । तीन टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् ।