१२ श्रावण २०८३, मंगलवार
,
Latest
देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पूरा



अ+ अ-

काठमाडौं । फागुन १८ देखि २७ सम्म काठमाडौंमा आयोजना हुने साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ । प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ १०० र भीआईपी पारापिटतर्फ ३०० कायम गरिएको छ । खेलको टिकट एन्फा कम्प्लेक्स सातदोबाटोमा भौतिक रुपमा लिन सकिने एन्फाले जनाएको छ ।

प्रतियोगितामा नेपाल सहित चार राष्ट्रले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताका लागि चक्र तामाङ्गको प्रशिक्षणमा २३ सदस्यीय नेपाली राष्ट्रिय यू– १६ महिला टोली तयारी गरिरहेको छ ।

सहभागी टिमहरु नेपाल आइसकेको एन्फाले जनाएको छ । प्रतियोगिताको अनुमानित बजेट २ करोड १२ लाख २० हजार ९०० रुपैयाँ (१६२,४६८ अमेरिकी डलर) रहेको एन्फाले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेल १८ फागुनमा भारत र भुटानबीच हुनेछ । घरेलु टोली नेपालले पहिलो खेल १९ फागुनमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगितामा सहभागी ४ टोलीले राउण्ड रोबिन लिग खेलेपछि शीर्ष २ टिमले फाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताका खेलहरु Sportzworkz युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।