७ भाद्र २०८३, आईतवार
,
Latest
पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल भुर्तेल ‘क्लास प्लेयर’ हुन्ः प्रशिक्षक देशाई



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले ओपनर कुशल भुर्तेल उत्कृष्ट खेलाडी भएको बताएका छन् । एक–दुई खेल हेरेर मात्रै उनलाई जज गर्न नसकिने मोन्टीको भनाई छ ।

खेल सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘कुशल क्लास खेलाडी हुन् । एक दुई खेल मात्रै हेरेर उनलाई जज गर्न सकिँदैन । लिग–२ मा उनले राम्रो प्रदर्शन गरेका थिए । उनी अझै पनि राम्रो प्रदर्शन दिन सक्छन् ।’ भुर्तेल लगातार दुई खेलमा खाता नजोडी आउट भएका थिए ।

यस्तै प्रशिक्षक देशाईलाई नेपालको फाइनल पुग्ने सम्भावना सकएिको हो ? भन्ने प्रश्नमा उनले भने –‘हामी फाइनल खेल्न सक्छौं । हामी फाइनल पुग्ने आशा जिवितै छ ।’

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । यसअघि हिजो मंगलबार नामिबियासँग पराजित भएको नेपाल आज नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको हो ।