४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्ससँग नेपाल २ रनले हार्यो



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले हार बेहोरेको छ ।

टियू क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा नेपालले केवल २ रनले हार बेहोरेको हो । १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १८२ रन बनायो ।

अन्तिम ३ ओभरमा ४८ रन चाहिएको अवस्थामा १८ औं ओभरमा १८ रन र १९ औं ओभरमा १५ रन बटुल्दै नेपाल खेलमा फर्किएको थियो ।नेपाललाई अन्तिम ओभरमा जितको लागि १५ रन चाहिएको थियो । दीपेन्द्रले भान डर मर्वको सुरुवाती दुई बलमा चौका र छक्का प्रहार गरे । तेस्रो बलमा करण र चौथो बलमा दीपेन्द्र आउट भए । अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा लेग बाइमा १ रन जोड्दा नेपाल हार बेहोर्न पुग्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रन बनाए । कप्तान रोहित पौडेलले ५०, आसिफ शेख ३४, कुशल मल्ल ११, करण केसी ११, सन्दीप जोरा ८ रन बनाउँदा कुशल भुर्तेल र सोमपाल कामी शुन्य रनमा आउट भए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो। नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले ३६ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाएका थिए ।

यस्तै, साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन बनाउदा स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे । तेजा निदमनुरुले ३१ रन बनाउदा म्याक्स ओ डाउड ४ रन बनाएर आउट भए ।

नेपालको लागि करण केसि र कुशल मल्लले एक एक विकेट लिए ।

पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।