९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेदरल्यान्ड्ससँग नेपाल २ रनले हार्यो

नेदरल्यान्ड्ससँग नेपाल २ रनले हार्यो
अ अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले हार बेहोरेको छ ।

टियू क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा नेपालले केवल २ रनले हार बेहोरेको हो । १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १८२ रन बनायो ।

अन्तिम ३ ओभरमा ४८ रन चाहिएको अवस्थामा १८ औं ओभरमा १८ रन र १९ औं ओभरमा १५ रन बटुल्दै नेपाल खेलमा फर्किएको थियो ।नेपाललाई अन्तिम ओभरमा जितको लागि १५ रन चाहिएको थियो । दीपेन्द्रले भान डर मर्वको सुरुवाती दुई बलमा चौका र छक्का प्रहार गरे । तेस्रो बलमा करण र चौथो बलमा दीपेन्द्र आउट भए । अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा लेग बाइमा १ रन जोड्दा नेपाल हार बेहोर्न पुग्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रन बनाए । कप्तान रोहित पौडेलले ५०, आसिफ शेख ३४, कुशल मल्ल ११, करण केसी ११, सन्दीप जोरा ८ रन बनाउँदा कुशल भुर्तेल र सोमपाल कामी शुन्य रनमा आउट भए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो। नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले ३६ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाएका थिए ।

यस्तै, साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन बनाउदा स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे । तेजा निदमनुरुले ३१ रन बनाउदा म्याक्स ओ डाउड ४ रन बनाएर आउट भए ।

नेपालको लागि करण केसि र कुशल मल्लले एक एक विकेट लिए ।

पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।