४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतकिय पालि खेले । उनले ३६ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाए ।

यस्तै, साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन बनाउदा स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे । तेजा निदमनुरुले ३१ रन बनाउदा म्याक्स ओ डाउड ४ रन बनाएर आउट भए ।

नेपालको लागि करण केसि र कुशल मल्लले एक एक विकेट लिए ।