१७ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतकिय पालि खेले । उनले ३६ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाए ।

यस्तै, साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन बनाउदा स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे । तेजा निदमनुरुले ३१ रन बनाउदा म्याक्स ओ डाउड ४ रन बनाएर आउट भए ।

नेपालको लागि करण केसि र कुशल मल्लले एक एक विकेट लिए ।