५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस जितेर फिल्डिङ रोज्यो



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले दुई परिवर्तन गरेको छ । ललित राजवंशी र प्रजिश जिसी आज नेपालको प्लेइङ ११ मा छन् । अभिनाश बोहरा र विवेक यादव बेन्चमा छन् ।

खेल ११:३० बजे सुरु हुनेछ । आईसीसी विश्वकप लिग–२ प्रतियोगिता खेल्न आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्स हाल नेपालमा छन् । यी दुई टोलीसँग नेपालले टी–२० शृंखला खेल्न लागेको हो ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपको तयारी स्वरुप यो सिरिज सञ्चालन गरिएको हो ।

नेपालको प्लेइङ ११:

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, प्रतिश जिसी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।