२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रौँ संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय र्‍यङ्किङ ब्याडमिन्टन प्रतियोगिता चन्द्रागिरिमा



अ+ अ-

काठमाडौँ । तेह्रौँ पुष्पलाल स्मृति राष्ट्रिय र्‍यङ्किङ ब्याडमिन्टन प्रतियोगिता चन्द्रागिरि नगरपालिकास्थित महाँकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा सुरु भएको छ । यही फागुन १९ गतेसम्म जारी रहेन सो प्रतियोगितामा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ६० जिल्ला र क्लबका दुई सय ७२ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गर्नुहुँदै नगरमा विभिन्न खेलकुद विकास एवं प्रवर्द्धन गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । कार्यक्रममा पूर्वमन्त्री कर्णबहादुर थापा, चन्द्रागिरि नगपालिका उपप्रमुख वसन्ती श्रेष्ठ, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो । यही फागुन १४ देखि सुरु सो प्रतियोगितालाई चन्द्रागिरि नगरपालिकासहित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराले सहयोग पुर्याएको छ ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन सङ्घको शीर्ष आठ बरियतामा रहेका पुरुष र महिलाको एकल, आठ बरियतादेखि बाहेकका पुरुष र महिला एकल, पुरुष र महिला युगल, यु–१७ ब्वाइज र गल्र्स एकल, भेट्रान्स ४५ वर्षमाथि र मास्टर्स ५५ वर्षमाथि, यु–१३ को ब्वाइज र गल्र्स एकल गरी १२ विधामा प्रतिस्पर्धा भइरहेको महाँकाल ब्याडमिन्टन क्लबका अध्यक्ष श्रीहरि थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न पाउनु क्लबका लागि गौरवको विषय रहेको छ । क्लब आगामी दिनमा छुट्टै ब्याडमिन्टन एकेडेमी स्थापना गर्ने ध्येयले अगाडि बढिरहेको छ ।”

ब्याडमिन्ट खेलकुदको इतिहासमा एक सम्मानितरूपमा रहेको सो प्रतियोगिताको कुल पुरस्कार राशि रु सात लाख २३ हजार रहेको छ । शीर्ष आठ बरियताका खेलाडीको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइने जनाइएको छ । यस विधामा सहभागी प्रत्येक खेलाडीले नगद रु १५ हजार प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारेबापत थप नगद रु एक हजार पाँच सय प्राप्त गर्नेछन् । दुई समूहका शीर्ष दुई स्थान प्राप्त गर्ने खेलाडीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । विजयी खेलाडीले रु ५० हजार, उपविजयीले रु ३० हजार र सेमिफाइनलिस्टद्वयले रु १५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रिय ब्याडमिन्टन सङ्घका महासचिव सुनिलमान शाक्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले मेडल, ट्रफी र प्रमाणपत्रका साथ शीर्ष आठ बरियतादेखि बाहेकको पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले रु २० हजार, १० हजार र पाँच हजार प्राप्त गर्नेछन् । यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले रु ३० हजार, १५ हजार र पाँच हजार प्राप्त गर्नेछन् । महिला युगलतर्फका शीर्ष तीनले रु २० हजार, १० हजार र पाँच हजार प्राप्त गर्नेछन् । यु–१७ र यु–१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले रु १५ हजार, आठ हजार र चार हजार तथा भेट्रान तथा मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्नेले रु ३० हजार, १५ हजार र पाँच हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका दौरान राष्ट्रिय ब्याडमिन्टन सङ्घले नेपालका नम्बर १ खेलाडी एवं पूर्वविश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाललाई सम्मान गर्ने भएको छ । पुष्पलाल स्मृति राष्ट्रिय र्‍यङ्किङ ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणमा विजयी खेलाडीलाई मोटरसाइकलबाट सम्मानित गर्ने पूर्वघोषित निर्णयबमोजिम प्रिन्सलाई सम्मान गर्न लागिएको सङ्घका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पिन्सले पुष्पलाल स्मृति ब्याडमिन्टनको १०औँ, ११औँ र १२औँ संस्करणमा विजय हात पार्न सफल हुनुभएको थियो । रासस