७ भाद्र २०८३, आईतवार
,
Latest
पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साबित्राको नाममा बन्यो यस्तो कीर्तिमान



अ+ अ-

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् ।

सावित्राले भारतीय राष्ट्रिय महिला टिमकी खेलाडी बाला देवीको नाममा रहेको ५२ गोलको कीर्तिमान तोडेकी हुन् । ​

साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गत गए राति भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा गोल गरेसँगै उनले यो उपलब्धि हासिल गरेकी हुन् ।

सावित्राले ७६औं मिनेटमा गोल गरेकी थिइन् । बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन् । २६ वर्षीया सावित्राले ४६ खेलमा ५३ गोल गरेकी हुन् । जारी प्रतियोगितामा सावित्रा उच्च गोलकर्ताको सूचीको पहिलो स्थानमा छिन् ।

उनले ९ गोल गरिसकेकी छन् । वाफ च्याम्पियनसिपमा गोल्डेन बुट उनको नाममा पक्कापक्की भइसकेको छ ।