१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा, हालाण्ड एक्लैले गरे ५ गोल, डि ब्रुएनाको ४ असिस्ट



अ+ अ-

काठमाडौँ । म्यान्चेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सिटीले लुटन टाउनलाई ६–२ गोलले पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेको हो ।

सिटीलाई फराकिलो जित दिलाउन एर्लिङ हालाण्ड एक्लैले ५ गोल गरे । यस्तै माटेओ कोभासिचले एक गोल गरे । लुटनका लागि दुबै गोल जोर्डन क्लार्कले गरेका थिए । जोर्डनले ४५ औं र ५२ औं मिनेटमा गोल गरेका हुन् ।

खेलको तेस्रो मिनेटमा नै हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उनले १८,४०,५५ र ५८ औं मिनेटमा गोल गरे । कोभासिचले ७२ औं मिनेटमा गोल गरे । हालाण्डको चार गोलमा केभिन डी ब्रुएनाले असिस्ट गरेका थिए । डि ब्रुएनाले चार असिस्ट गरेका हुन् ।