२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइभजीको सम्भाव्यता अध्ययन गर्दै सरकार



अ+ अ-

काठमाडौं । सरकारले देशका चार सहरमा फाइभजी सञ्चालनको व्यावसायिक सम्भाव्यताको अध्ययन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तका अनुसार अति उच्च गतिको फाइभजीको व्यावहारिक प्रयोगका सम्भावनालाई समेत समेटेर अध्ययन गरिनेछ ।

अध्ययनको काम भने नेपाल टेलिकमले गर्नेछ । उनले काठमाडौँ, पोखरा, विराटनगर र वीरगञ्जमा यस्तो अध्ययन गर्ने सरकारको तयारी रहेको दिए । डिजिटल नेपाल कार्यक्रमले  समेटेका  कतिपय उद्देश्य पूरा गर्न फाइभजी प्रविधिको समेत आवश्यकता हुने भएकाले त्यससँगै जोडेर अध्ययन हुने उनले बताए ।

गत माघ २२ मा आयोजित कम्पनीको १७औँ वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चालू आर्थिक वर्ष २०७७र७८ भित्रै फाइभजी परीक्षणका लागि टेलिकमलाई निर्देशन दिएका थिए । सोही कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फाइभजी सञ्चालनका लागि परीक्षण तथा अध्ययन गर्ने योजना उल्लेख गरेका थिए ।

त्यस्तै यसको व्यावसायिक सञ्चालनका लागि प्रारूप तयार गर्ने योजना रहेको पनि उनले बताएका थिए । विश्वमा केही विकसित देशले परीक्षणका रूपमा फाइभजी सुरु गरे पनि यसको पूर्ण व्यावसायिक प्रयोग भने भइसकेको छैन । सरकारले परीक्षणपूर्व नै त्यसमा हुने लगानी, लाभ र प्रयोगबारे स्पष्ट हुन अध्ययन गर्न खोजेको सहसचिव दत्तले बताए । गोरखापत्र दैनिकमा समाचार छ ।