७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवार र चिनेजानेकैबाट८० प्रतिशतभन्दा बढी बलात्कारका घटना



अ+ अ-

काठमाडौं । २०७४–७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए । तीमध्ये १ हजार २ सय ९० वटा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ । ३ सय ८४ वटा चिनजानबाहिरका व्यक्ति संलग्न देखिए ।

२०७५–७६ मा २ हजार ५ सय ७० वटा घटना भए । तीमध्ये २ हजार ७३ वटा चिनेजानेकै र ५ सय ३२ वटा चिनजानबाहिरका व्यक्तिको संलग्नता भेटियो । २०७६–७७ मा २ हजार ४ सय ४९ वटा बलात्कारका घटना भए । प्रहरी केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार १ हजार ९ सय ५२ वटा चिनेजानेकै व्यक्ति संलग्न भएको पाइयो ।

२०७७–७८ मा १ हजार ४ सय २७ वटा घटना प्र्हरीमा दर्ता भएका छन् । यी घटना पनि चिनेजानेकै व्यक्ति बढी संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी प्रवक्ता कुँवरका अनुसार तथ्यांक हेर्दा १ हजार १ सय ४३ घटनामा चिनेजाने कै र २ सय ८४ वटामा चिनजान नभएका व्यक्ति संलग्न देखिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।