१९ असार २०८३, शुक्रबार
,
Latest
जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा ‘नेपाल लगानी प्रवर्द्धन’ कार्यक्रम



अ+ अ-
काठमाडौँ । नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै अष्टे«लियामा ‘नेपालमा लगानी प्रवद्र्धन’ कार्यक्रम आयोजना गरिएको छ ।
आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका सन्दर्भमा क्यानबेरास्थित नेपाली दूतावास र मा गैरआवासीय नेपाली सङ्घले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलले लगानीका लागि नेपाल उष्कृष्ट गन्तव्य हो भन्नुभयो ।
उहाँले लगानीमैत्री वातावरण सिर्जना गर्न नेपाल सरकारले नीतिगत सुधार गरेको जानकारी दिँदै सो सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाली उद्यमी–व्यवसायीलाई आग्रह गर्नुभयो ।
 गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा लगानीका लागि आफूहरु तयार रहेको बताउनुभयो । उहाँले लगानीको प्रतिफल बिनाझन्झट स्वदेश फिर्ता गर्न थप नीतिगत सुधार गर्नुपर्ने सुझाव दिनुभयो ।
दूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनले लगानी सम्मेलनका विविध पक्षबारे जानकारी दिँदै नेपालमा लगानीको समग्र नीति, कार्यविधि र संरचनागत व्यवस्थासम्बन्धी प्रस्तुति दिनुभएको थियो । उहाँले लगानी बोर्डले अध्ययन गरिरहेका केही सम्भावित परियोजनाका बारेमा जानकारी  पनि गराउनुभएको थियो ।
साउदर्न एकेडेमी समूहका प्रमुख कार्यकारी अधिकृत मन केसीले एनआरएनका तर्फबाट नेपालमा लगानीका सम्भाव्य विकल्पका बारेमा उल्लेख गर्नुभएको थियो ।