५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिसमाथि सहज जित निकाल्दै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि ४–० गोलको सहज जित निकाल्दै मछिन्द्रले अन्तिम चारको यात्रा तय गरेको हो ।

मछिन्द्रका क्रिस्टोफर चिजोबाले दुई तथा स्टेफन विनोङले एक गोल गरे । एक गोल भने मछिन्द्रले उपहारस्वरुप पाएको थियो पुलिस क्लबका कप्तान रामचन्द्र वजीले आत्मघाती गोल गरेका हुन् ।

सबै गोल पहिलो हाफमै सम्भव भएको थियो । यसअघि आज नै भएको पहिलो खेलमा आयोजक केपी ओली एफसीलाई २–१ गोलअन्तरले हराउँदै जावलाखेल युथ क्लब पनि प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको थियो ।