६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिसमाथि सहज जित निकाल्दै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि ४–० गोलको सहज जित निकाल्दै मछिन्द्रले अन्तिम चारको यात्रा तय गरेको हो ।

मछिन्द्रका क्रिस्टोफर चिजोबाले दुई तथा स्टेफन विनोङले एक गोल गरे । एक गोल भने मछिन्द्रले उपहारस्वरुप पाएको थियो पुलिस क्लबका कप्तान रामचन्द्र वजीले आत्मघाती गोल गरेका हुन् ।

सबै गोल पहिलो हाफमै सम्भव भएको थियो । यसअघि आज नै भएको पहिलो खेलमा आयोजक केपी ओली एफसीलाई २–१ गोलअन्तरले हराउँदै जावलाखेल युथ क्लब पनि प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको थियो ।