७ भाद्र २०८३, आईतवार
,
Latest
पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको कीर्तिमानी इटनले भंग गरेपछि नेपालका कप्तान रोहितले के भने ?



file photo:can
अ+ अ-

काठमाडौँ ।  त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८ दशमलव पाँच ओभरमा सबवै विकेट गुमाउदै एक सय ८६ रनमा समेटियो । यसै खेलमा नामिबियाका जान निकोल लेफिट इटनले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे ।

उनले ३६ बलमा ११ चौका र आठ छक्काको मद्धतमा सर्वाधिक एक सय एक रनको योगदान दिए । इटनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमानी पनि तोडे । उनले ३३ बलमै शतक पूरा गरेका हुन् । यसअघि मल्लले सन् २०२३ मा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा मङ्गोलियाविरुद्धको खेलमा ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमानी कायम गरेका थिए ।

नेपालका कप्तान रोहित पौडेलले इटनले खेलको सुरुवातदेखि नै राम्रो लय पकड लिँदै ब्याटिङ गरेको बताएका छन् । खेल सकिएपछि उनले पत्रकारहरुसँग भने ‘इटनले जस्तो सटहरू खेल्न खोजिरहेका थिए, सबैले काम गरिरहेको थियो । उनले हरेक साइडमा खेलिरहेकाले मल्लको कीर्तिमान तोडिएला जस्तो मलाई लागेको थियो ।’

नेपालले भोलि बुधबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।