१२ श्रावण २०८३, मंगलवार
,
Latest
देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यु–१६ मा सहभागी हुन भारतीय टोली नेपाल आइपुग्यो



अ+ अ-

काठमाडौँ । फागुनको तेस्रो सातादेखि सुरु हुने साफ यु–१६ महिला फुटबल च्याम्पियनसिपमा सहभागी हुन भारतको टोली नेपाल आइपुगेको छ। मंगलबार नेपाल ओर्लिएको भारतको टिमलाई त्रिभुवन विमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।

प्रतियोगिता फागुन १८ देखि २८ गतेसम्म ललितपुरस्थित च्यासल रंगशालामा हुनेछ । यसपटक आयोजक नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालले आफ्नो पहिलो खेल फागुन १९ गते बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल फागुन २१ गते भुटानसँग खेल्ने छ । लिगचरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ ।

सबै टोलीले एकअर्कासँग समान एक–एक खेल्नेछन् भने शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशले सहभागीता जनाउनेछन् ।