५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट खेल्ने भारतीय खेलाडीको तलब बढाउँदै बीसीसीआई, अहिले एकै खेल खेलेको थाप्छन् १५ लाख



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले टेस्ट खेल्ने खेलाडीको शुल्क बढाउने निर्णय गरेको छ । अहिले खेलाडीले एक टेस्ट खेल्दा १५ लाख भारु पाउँछन् ।

इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार आईपीएलपछि खेलाडीको टेस्ट म्याच शुल्क बढाइनेछ । टेस्ट म्याचका तुलनामा खेलाडीले एकदिवसीयका लागि ६ लाख र टी–२० खेलका लागि ३ लाख रुपैयाँ पाउनेछन् ।

बीसीसीआईले खेलाडीको पारिश्रमिक बढाउन मस्यौदा तयार गरेको छ । अर्को बैठकमा योजना स्वीकृत भएमा बीसीसीआईका करारमा रहेका खेलाडीले नयाँ संरचनाअनुसार तलब पाउनेछन् । रिपोर्टका अनुसार बीसीसीआईले रेड बल क्रिकेटलाई प्रवर्द्धन गर्न शुल्क बढाउने योजना बनाएको छ ।

हालै बीसीसीआईले सेन्ट्रल कन्ट्रयाक्टमा परेका खेलाडीलाई लिएर चेतावनी दिएको थियो । बोर्डले फिट रहेका र राष्ट्रिय टोलीमा नपरेका खेलाडीले घरेलु क्रिकेट खेल्नुपर्ने बताएको थियो । यसका बाबजुद इशान किशन, क्रुणाल पाण्डे र दीपक चाहरजस्ता खेलाडीले आफ्नो राज्यबाट रणजी ट्रफी खेलेका छैनन् ।

इशान, क्रुणाल र चाहरले फेब्रुअरीबाटै आईपीएलको तयारी सुरु गरेका थिए । इशान मुम्बई इन्डियन्सबाट खेल्छन्, पाण्डे लखनऊ सुपरजायन्ट्सबाट र चाहर चेन्नई सुपरकिंग्सबाट खेल्छन् ।

बीसीसीआई अधिकारीले इन्डियन एक्सप्रेसलाई भने, ‘नयाँ तलब संरचना आईपीएलपछि लागु हुन सक्छ । यसमा खेलाडीले एक वर्षमा टिमसँग सबै टेस्ट सिरिज खेलेमा बोनस पनि पाउनेछन् । उनलाई बार्षिक तलब र म्याच फी बाहेक पैसा पनि दिइनेछ ।’

खेलाडीहरूले रेड बल क्रिकेट खेल्न बढी चासो देखाउनका लागि यस्तो गरिएको हो । यसबाट खेलाडीले टेस्ट खेल्दा बढी फाइदा पाउनेछन् ।