२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाले नेपाललाई २० रनले हरायो



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको छ । यसअघि लिग-२ को दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पनि हार बेहोरेको हो ।

जितको लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा अलआउट हुँदै जम्मा १८६ रन बनायो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए । उनले ३२ बलमा २ चौका र २ छक्का हिर्काए ।

कप्तान रोहित पौडेलले ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रनको योगदान दिए । रोहित र कुशल मल्लले २८ बलमा ५७ रनको साझेदारी गरेका थिए । मल्लले २१ बलमा ३२ रन जोडे ।

गुलशन झा १२, सन्दीप जोरा ५ र विवेक यादव ६ रनमा आउट भए । १५ ओभरमा १३५/७ को स्थितीमा रहेको नेपालको लागि सोमपाल कामिले आक्रमक ब्याटिङ गर्दै खेल फर्काएमा थिए । उनले ११ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए ।

ओपनर आसिफ शेखले ६ र कुशल भुर्तेल शुन्य रनमा आउट भए । किर्तीपूरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले निर्धारीत २० ओभरमा ४ विकेट गुमाएर १०६ रन बनाएको थियो ।

नामिबियाका ब्याट्म्यान जान निकोल लफ्टी इटोनले शानदार शतक बनाएका थिए । उनी ३६ बलमा ८ छक्का र ११ चौका प्रहार गर्दै १०० रन बनाएर आउट भए । यससँगै उनी टी(२० आईमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने विश्व कीर्तिमान बनाउन सफल भएका छन् । उनले केवल ३३ बलमा शतक पुरा गर्दै नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।

१० ओभरमा केवल ६० रन जोडेको नामिबियाको लागि लफ्टी इटोन र मलान क्रुगरले चौथो विकेटका लागि एक सय ४८ रनको साझेदारी गरे । क्रुगर ५९ रनमा अविजित रहे । नेपालले अब दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।