१७ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाले नेपाललाई २० रनले हरायो



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको छ । यसअघि लिग-२ को दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पनि हार बेहोरेको हो ।

जितको लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा अलआउट हुँदै जम्मा १८६ रन बनायो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए । उनले ३२ बलमा २ चौका र २ छक्का हिर्काए ।

कप्तान रोहित पौडेलले ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रनको योगदान दिए । रोहित र कुशल मल्लले २८ बलमा ५७ रनको साझेदारी गरेका थिए । मल्लले २१ बलमा ३२ रन जोडे ।

गुलशन झा १२, सन्दीप जोरा ५ र विवेक यादव ६ रनमा आउट भए । १५ ओभरमा १३५/७ को स्थितीमा रहेको नेपालको लागि सोमपाल कामिले आक्रमक ब्याटिङ गर्दै खेल फर्काएमा थिए । उनले ११ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए ।

ओपनर आसिफ शेखले ६ र कुशल भुर्तेल शुन्य रनमा आउट भए । किर्तीपूरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले निर्धारीत २० ओभरमा ४ विकेट गुमाएर १०६ रन बनाएको थियो ।

नामिबियाका ब्याट्म्यान जान निकोल लफ्टी इटोनले शानदार शतक बनाएका थिए । उनी ३६ बलमा ८ छक्का र ११ चौका प्रहार गर्दै १०० रन बनाएर आउट भए । यससँगै उनी टी(२० आईमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने विश्व कीर्तिमान बनाउन सफल भएका छन् । उनले केवल ३३ बलमा शतक पुरा गर्दै नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।

१० ओभरमा केवल ६० रन जोडेको नामिबियाको लागि लफ्टी इटोन र मलान क्रुगरले चौथो विकेटका लागि एक सय ४८ रनको साझेदारी गरे । क्रुगर ५९ रनमा अविजित रहे । नेपालले अब दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।