२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पवित्र धार्मिकस्थल साँखुस्थित शालीनदीमा भक्तजनको घुँइचो (फोटो फिचर)



अ+ अ-

प्रसिद्ध धार्मिक ग्रन्थ श्री स्वस्थानी व्रत कथामा वर्णित साँखुस्थित शालीनदीमा यतिखेर एक महिने मेला लागेको छ । यहाँ ठूलो संख्यामा भक्तजनहरु दिनहुँ पुग्ने, शालीनदीमा पूजापाठ गर्ने तथा श्री स्वस्थानी माता, गोमा र माता चन्द्रवतीका कुटीहरुमा दर्शन एवं पूजापाठ गर्ने गर्दछन् । खासगरी शनिबार र सोमबारका दिन यहाँ ठूलो भिड हुने गर्दछ ।

अर्कोकुरा मेलामा पूजा सामग्रीहरुका साथै स्थानीय खाद्यान्न, मिठाई, फलफूल, लत्ताकपडा राखेर शालीनदी आसपास झकिझकाउ पारिएको छ । एक महिने स्वस्थानी व्रतकथा गत माघ ३ गते आरम्भ भएको हो । यो कथा समाप्ती आगामी फागुन ४ गते समाप्त हुनेछ । कोरोना भाइरस महामारीका कारण स्वास्थ्य मापदण्ड अपनाउन प्रहरीले माइकिड गरिरहेको यस स्थानका मन्दिर र अन्य पूजा स्थलमा भने प्रवेश रोकिएको छैन ।

तस्वीरहरूः न्यूजपाेलार डट कम