६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनामा एनएमबि ५० को प्रति इकाई मूल्य एक रुपियाँ ३७ पैसाले बृद्धि



अ+ अ-

काठमाडौं । एनएमबि म्यूचूअल फन्ड अन्तर्गततको  एनएमबि ५० को प्रतिइकाई खुद सम्पति बढेको छ । उक्त सम्पतिको मूल्य (न्याभ) माघ मसान्तसम्ममा १६ रुपैयाँ ०२ पैसा कायम भएको छ । पुस महिनाको भन्दा १ रुपैयाँ ३७ पैसाले बढेको हो ।

एनएमबि ५० को प्रतिइकाई खुद सम्पति पुस महिनामा न्याभ १४ रुपैयाँ ६५ पैसा रहेको थियो । एक महिनाको अवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी १० करोड ४५ लाख ५ हजार रुपैयाँले बढेर १ अर्ब ३४ करोड ७२ लाख ६८ हजार रुपैयाँ पुगेको छ । 

पुस महिनामा सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब २४ करोड २७ लाख ६३ हजार रुपैयाँ थियो । यता, बैंक मौज्दात पनि ७ करोड ९१ लाख ७३ हजार रुपैयाँले बढेर २६ करोड ६९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । पुस महिनामा बैंक मौज्दात १८ करोड ७७ लाख ९० हजार रुपैयाँ थियो ।

यस अवधिमा यो फन्डले ४७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै एनआइसी एसिया बैंकको सेयरमा लगानी रहेको छ । यस बैंकको ६८ हजार ४२ कित्ता सेयरमा ६ करोड ४ लाख ८९ हजार रुपैयाँ लगानी गरेको छ ।