९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनामा एनएमबि ५० को प्रति इकाई मूल्य एक रुपियाँ ३७ पैसाले बृद्धि



अ+ अ-

काठमाडौं । एनएमबि म्यूचूअल फन्ड अन्तर्गततको  एनएमबि ५० को प्रतिइकाई खुद सम्पति बढेको छ । उक्त सम्पतिको मूल्य (न्याभ) माघ मसान्तसम्ममा १६ रुपैयाँ ०२ पैसा कायम भएको छ । पुस महिनाको भन्दा १ रुपैयाँ ३७ पैसाले बढेको हो ।

एनएमबि ५० को प्रतिइकाई खुद सम्पति पुस महिनामा न्याभ १४ रुपैयाँ ६५ पैसा रहेको थियो । एक महिनाको अवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी १० करोड ४५ लाख ५ हजार रुपैयाँले बढेर १ अर्ब ३४ करोड ७२ लाख ६८ हजार रुपैयाँ पुगेको छ । 

पुस महिनामा सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब २४ करोड २७ लाख ६३ हजार रुपैयाँ थियो । यता, बैंक मौज्दात पनि ७ करोड ९१ लाख ७३ हजार रुपैयाँले बढेर २६ करोड ६९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । पुस महिनामा बैंक मौज्दात १८ करोड ७७ लाख ९० हजार रुपैयाँ थियो ।

यस अवधिमा यो फन्डले ४७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै एनआइसी एसिया बैंकको सेयरमा लगानी रहेको छ । यस बैंकको ६८ हजार ४२ कित्ता सेयरमा ६ करोड ४ लाख ८९ हजार रुपैयाँ लगानी गरेको छ ।